बैतडीको सडकमा गुणस्तरहिन, कालोपत्र उप्किन थाल्यो

sasas
sasas
July 14, 9:38

बैतडी/ बैतडी सदरमुकामको एक सडकमा गुणस्तरहिन सामग्री प्रयोग गरेको पाइएको छ । जुन सडकमा सधै जिल्लाका प्रमुख र सरोकारवाला हिड्ने गर्दछन् । सडक कालोपत्र गरेको तीन महीना नपुग्दै सडक भत्कीने र उप्किने गरेको छ । सडकमा कमसल प्रकारको सामग्रीको प्रयोगले यस्तो हुन गएको प्राविधिकहरु बताउँछन् ।४ करोड ३१ लाख २८ हजार ५४४ रुपयाँमा के एस कन्सटक्सन धनगढी कैलालीसँग २०७५ साल असार ३ गते उक्त सडक कालोपत्रको ठेक्का सम्झौता भएको थियो ।

१५ महीनामा निर्माण सक्नुपर्नेमा निमार्ण कम्पनीले समयावधि सकिएको झण्डै दुई वर्षपछी काम सकेको हो । काम सकेपनि सडक भने गुणस्तरहिन बनेको छ ।स्थानीयहरुको अवरोधले गर्दा पनि निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले बताएको छ । सडकमा चिरा पर्ने भासिने समान्य पानीले पनि कालोपत्र गरेको भाग बगाउने गरेको पाईएको छ । आफूले पनि सडकको यस्तो दुरदशा देखेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए । यो विषयमा सडक हेर्ने निकायसँग कुरा भएको र भुक्तानी रोकेको उनले बताए ।

सडकको निर्माणका लागि अख्तियारी प्राप्त शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड कार्यालय बैतडीले पनि कुनै चासो नदेखाउँदा गढी–गोठलापानी जाने यो सडकको अवस्था यस्तो भएको हो ।कम्पनीले अली लापरबाही गरेको र आफूहरुले निरन्तरता दिन नसकेकाले यस्तो समस्या आएको शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड बैतडीका इन्जिनियर सुजन रेग्मीले बताए ।

निर्माण गुणस्तरहिन भएको गुनासो आएपछि भुक्तानी रोकेर फेरी काम गर्न लगाएको संघीय योजना कार्यान्वयन एकाइ का अयोजना प्रमुख दिपक श्रेष्ठले बताए । एकातिर निमार्ण कम्पनीले गुणस्तरहिन काम गरेको छ भने अर्कातिर सडकको नाली समेत व्यवस्थित गरेको छैन ।गढि जिल्ला प्रशासनदेखि गोठलापानी बजारसम्म कुल १ हजार १०० मिटर सडक फराकिलो सहित कालोपत्र गर्नुपर्ने थियो । निर्माण गर्नुपर्ने जिम्मा पाएको सडक कम्पनीले सडक फेरी निर्माण गर्ने बताएको छ । सडक त अझै निर्माण गर्न सकिला तर यस्तो गुणस्तरहिन सडक बनाउनेलाई कारबाही नगरुन्जेलसम्म यस्तै समस्या नदोहोरिएला भन्न सक्किन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा