तपाईंको आजको राशिफल २०७५ चैत्र ०६ गते बुधबार

March 20, 6:48

वि.सं. २०७५ साल चैत ६ गते। बुधबार। इश्वी सन् २०१९ मार्च २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्दशी, ९:४८ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वफाल्गुनी, १५:५३ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– शूल, १२:४७ बजेउप्रान्त गण्ड। करण– वणिज, ९:४८ बजेदेखि भद्रा, २०:३९ बजेउप्रान्त वव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– सिंह, २१:२९ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी ०९ पला। पूर्णिमा व्रत। मन्वादि। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व। थकालीहरूको तोरन्ल पर्व। सायन सूर्य २१:१८ बजे मेष राशिमा प्रवेश।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वभावमा उग्रता र जिद्दीपनालाई नियन्त्रण गर्नु आवश्यक छ । परिश्रम पश्चात निर्धारित सफलता नमिल्दा खिन्नता हुनेछ । शारीरिक स्वास्थ्यमा कमजोरी आउनेछ । यात्राको लागी समय योग्य छैन । सन्तानको तर्फ चिन्ता बढ्नेछ । कुनै पनि मामलामा विचार नगरी कदम चल्दा हानिकारक साबित हुनेछ । सरकारी कार्यमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाइँको कार्य सफलतामा दृढ मनोबल र आत्मविश्वासको भूमिका रहनेछ । पितृ पक्षको तर्फबाट लाभ हुनेछ । पढाईमा रुचि रहनेछ । सरकारी कार्यमा सफलता या लाभ मिल्नेछ । सन्तानको लागी धन खर्च हुनेछ । कलाकार र खेलाडीको लागी आफ्नो प्रतिभा दर्शाउन उत्तम समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दिनको शुरुवातबाट नै ताजा र स्फूर्तिको अनुभव गर्नु हुनेछ । भाग्यव्रिद्धिको अवसर आउनेछ । तिव्र गतीमा परिवर्तन भैरहेको विचारले तपाइँलाई उल्झनपूर्ण परिस्थितिमा पुर्याउनेछ । नयाँ कार्यको प्रारम्भ गर्न सक्नु हुनेछ । मित्रवर्ग, सम्बन्धि, स्नेहीजन, छिमेकीसंग मैत्रीपुर्ण सम्बन्ध रहनेछ । आर्थिक दृस्टीले लाभ हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मनमा थोरै निराशा छाउँदा खिन्नताको अनुभव हुनेछ । परिवारमम सदस्यको साथ मनमुटाव हुनेछ । अहंकारको भावनाले अरुको भावनामा चोट पुर्याउन सक्छ । पढाइमा मन एकाग्र रहँदैन । धन खर्चमा वृद्धि हुनेछ । असन्तोषको भावनाले मन विचल्लित रहनेछ । अनैतिक प्रवृतिमा नपर्नु नै तपाइँको लागी राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास तथा शिघ्र निर्णयले कार्यमा अघि बढ्न सकिनेछ । समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । वाणी र व्यवहारमा उग्रताले कसैको साथ अहंकारको भिडन्त हुने सम्भावना रहेको छ । पिता या ठुलाबडाबाट लाभ हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । वैवाहिक जीवनमा मधुरताको अनुभव हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शारीरिक तथा मानसिक चिन्ता रहनेछ । तपाइँको अहंकारले कसैको साथ झैँ-झगडा हुने सम्भावना छ । आकस्मिक धन खर्च हुनेछ । दाम्पत्य जिवनमा समस्या आउनेछ । शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विविध क्षेत्रमा लाभ हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनु हुनेछ । मन प्रफुल्लित रहनेछ । मित्रको साथ भेटघाट, रमणीय स्थानमा प्रवास पर्यटन आयोजना हुनेछ । आयमा व्रिध्ही हुनेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ । अविवाहितहरुको वैवाहिक संयोग निर्मित हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) तपाइँको हरेक कार्य निर्विघ्न पुरा हुनेछ । गृहस्थी जिवनमा आनन्द छाउनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी व्यवसायमा प्रगती हुनेछ । शिर्ष अधिकारीगणको तर्फबाट लाभ हुनेछ । धन लाभको योग रहेको छ । सन्तानको प्रगतीमा मन सुख रहनेछ । मित्र, स्नेहीजनबाट लाभ हुनेछ । शारीरिक स्वास्थ्यमा सुधार हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ्यमा थोरै गडबडी हुनेछ । शारीरिक रुपमा अशक्त र आलस्यको भावना आउनेछ । मानसिक रुपले चिन्तित रहनु हुनेछ । व्यवसायमा विघ्न आउने सम्भावना रहेको छ । हानिकारक विचारलाई सम्भवत टाढै राख्नु उचित हुनेछ । कुनै पनि कार्यको आयोजना गर्दा सतर्कता अपनाउनु होला । प्रतिस्पर्धी र विरोधीहरु साथ विवाध नगर्नु नै उचित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खान-पानमा ध्यान नराख्दा स्वास्थ्यमा समस्या आउने देखिन्छ । प्रवास या व्यापारिक कार्यमा धन खर्च हुनेछ । नकारात्मक विचार र क्रोधबाट टाढा रहँदा निकै समस्याहरुबाट बच्न सक्नु हुनेछ । भागीदारको साथ मतभेद हुनेछ । नोकरी व्यवसायमा प्रतिकुल वातावरण रहनेछ । नयाँ सम्बन्ध स्थापना गर्दा सावधानी अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) भरपुर आत्मविश्वास र दृढ मनोबलको साथ प्रणय र रोमान्सले तपाइँको दिन रङ्गीन बनाउनेछ । विपरित लिङ्गिय व्यक्तिको सतह परिचय र मित्रता हुनेछ । आनन्ददायक प्रवास, पर्यटन, सुरुचीपूर्ण भोजन र नयाँ वस्त्रले तपाइँको आनन्दलाई दुई गुणा बढाउनेछ । सार्वजनिक मान-सम्मानमा वृद्धि हुनेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ । भागीदारीमा लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) घरमा सुख शान्ती र आनन्दको वातावरण बन्नेछ । आफ्नो दैनिक कार्यलाई आत्मविश्वास पूर्वक राम्रो संग गर्न सक्नु हुनेछ । यद्यपी तपाइँको स्वभाव, वाणीको आक्रमकतामा संयम राख्नु पर्नेछ । नोकरीमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा