डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहालयको स्थापना

news
news
July 17, 11:57

डोटी,प्रकाश बम  ।  ‘डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहलयको’ स्थापना गरिएको छ। जिल्लाको जोरायल गाउँपालिका –१ पोखरी डाँडाँमा संग्राहलयको स्थापना गरिएको हो।नयाँ पिढीले आफ्नो कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास बिर्सन लागेकाले संग्रहालय स्थापना गरेको रानी बन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय अध्यक्ष भाष्कर भट्टले बताए ।

उनले भने ,‘पुराना सस्कृतिको संरक्षण र सम्बद्र्धन नगरे पछिल्लो पुस्ताले आफ्नो संस्कृति बिर्सिदै जाने भएकाले संग्रहालयको स्थापना गरेको हो । संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा ,भाँडाकुडा, गरगहना, वाध्यवाधन, भेषभुसा झल्काउने लगायतका सामाग्रीको खोजी गरेर राखेका छौ ।’

उनले थपे ‘संग्रहालयमा केही व्यक्तिले सशुल्क सामग्री राख्न दिएका छन् । उहाँहरुले आफुले दिएको सामग्रीमा आफ्नो पू्र्खाको भनेका छन् ।’ सुदूरको कला, संस्कृति र इतिहासको जर्गेनाको प्रयासको थालनी लागि  तेललेक संरक्षण समिति अन्तर्गत  डिभिजन वन कार्यलयको चार लाख र समुदायको श्रमदान गरेर साढे चार लाखको लागतमा प्राबिधिक, र्‍यागफिटिङ र  संग्रहालयमा  सामग्रि  राखिएको अध्यक्ष भट्टले वताए।

संस्कार संस्कृति र भेषभुसा संरक्षण गर्न संग्रहालयको सहत्वपूर्ण भुमिका रहेन उद्घाटन कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशिले वताइन्। उनले पुर्खाहरुले धारण गरेको भेषभुषा भोलिका पुस्ताले देख्न पाउने भएकाले यसको संरक्षणमा सबै लाग्न अनुरोध गरिन् ।

संग्रहालयको अनुगमन तथा उद्घाटन कार्यक्रमका सहभागिहरुले आन्तरिक पर्यटकलाई भित्र्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने वताए । संग्रहालयमा सुदुर पश्चिमको कला, संस्कृति झल्कने खालाका सामग्री राख्न सुझाव दिए । संग्रहालयमा पुग्न दिपायलदेखि ९४ किमीको यात्रा गर्नु पर्ने हुन्छ । सडकबाट सय मिटरको दुरीमा संग्रहालय हेर्न सकिन्छ  ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा