पोखरामा अन्तर्राष्ट्रिय म्याच खेल्ने ईच्छा छ : कप्तान पारस खड्का

फाईल फोटो
फाईल फोटो
March 24, 2:32

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले २०२० सम्म पोखरा क्रिकेट मैदानमा अन्तराष्ट्रिय म्याच खेल्ने इच्छा रहेको बताएका छन् ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कप्तान पारस र पोखरा पि्रमियर लिग -पीपीएल)को आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टको टोली शनिबार पोखरा मैदानमा पुगेको थियो । त्यसक्रममा पारसले मैदानमा भौतिक पूर्वाधार तयार भए अन्तराष्ट्रिय खेल हुनसक्ने बताए ।

२०२० सम्म पोखरामा अन्तराष्ट्रिय म्याच खेल्ने इच्छा रहेको उनले सुनाए । जवाफमा मुख्यमन्त्री गुरुङले पोखरा मैदान कसले हेर्ने भन्ने केन्द्र र प्रदेश सरकारबीच प्रष्ट हुन बाँकी रहेको बताए । तर, मैदानलाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय खेलहरु गराउन आवश्यक बजेट दिन प्रदेश सरकार तयार रहेको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा