संसद रावललाई राजीनामा फिर्ता लिन दबाब

sasas
sasas
July 19, 6:26

काठमाडौंः एमाले नेता भीम रावलले संसदको सदस्यबाट राजीनामा दिएका छन्। एमालेका नेता सुरेन्द्र पाण्डेले राजीनामा रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुसामू पढेर सुनाएका थिए।
तर, हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन। उनलाई राजीनामा फिर्ता लिन एमालेको दबाब दिँदै आएको छ। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन्। ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएपनि त्यो आवश्यक नरहेको बताएका हुन्।

यस्तै एमालेका प्रवक्ता प्रदीप ज्ञवाली र एमाले नेता वामदेव गौतमले पनि रावलको राजीनामा ठीक नभएको प्रतिक्रिया दिएका छन्। तर, राजीनामा फिर्ता लिने वा नलिनेबारे रावलले कुनै प्रतिक्रिया दिएका छैनन्।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए।
 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा