Aagan-cakes-web-banner-2

कांग्रेसमा ‘डिजिटल भोटिङ’ को तयारी

news
July 20, 7:57

काठमाडौं ५ साउन/नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन । साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सुदूरपश्चिमको अर्थमन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा…
धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् ।… विस्तृतमा
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्‍घाटन, मासिक भाडा ३ लाख…
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। उद्‍घाटनसँगै समाजवादीको… विस्तृतमा
मलाई चौकीदार भन्दा खुशी लाग्छ : मुख्यमन्त्री भट्ट
३१ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई कसैले चौकीदार भन्दा खुशी… विस्तृतमा
देश र जनताका लागि राजनीति गरेको हुँ : भीम रावल
डोटी,३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले… विस्तृतमा