कांग्रेस सुदूरपश्चिमको सभापतिका लागि ५ जना आकांक्षी, चार जना देउवा पक्षधर

news
news
July 20, 8:13

धनगढी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा वडा तहदेखि प्रदेश तहसम्म नेताहरू नेतृत्वका लागि सक्रिय भएर लागेका छन् । नेतृत्व हत्याउन नेताहरू दौडधुप गरिरहेका छन् ।

यसैक्रममा सुदूरपश्चिम प्रदेशको सभापतिका लागि पाँच जना नेताहरू आकांक्षी देखिएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिका लागि अछामका दुईजना, कञ्चनपुर, बझाङ र कैलालीका एक/एक जना टिकटका लागि लबिङमा छन् ।

सभापतिका लागि अछामका बलबहादुर कुँवर र गोविन्द शाह छन् । शाह पूर्वसञ्चार राज्यमन्त्रीसमेत हुन् ।

यस्तै, कैलाली कांग्रेसको दुई पटक नेतृत्व लिइसकेका वर्तमान सभापति नरनारायण शाह (मनु) सभापतिका लागि खुलेरै लागिसकेका छन् । कञ्चनपुरका बहादुरसिंह थापा र बझाङका अर्जुनजंगबहादुर सिंह पनि सभापतिका आकांक्षी छन् । थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् ।

प्रदेश सभापतिका आकांक्षीमध्ये कैलालीका शाहको बढी चर्चा रहेको कांग्रेस नेताहरू बताउँछन् । उनी खुलेरै लागिसकेका भएकाले पनि उनको चर्चा बढी भएको हुनसक्ने बताइएको छ ।

कांग्रेसको प्रदेश सभापतिका आकांक्षीमध्ये कैलालीका नरनारायण साह र अछामका गोविन्द शाहबाहेक अरु नेताहरुको नाम जिल्ला सभापतिको आकांक्षीमा पनि सुनिँदै आएको छ । प्रदेश सभापतिका आकांक्षीमध्ये अछामका बलबहादुर कुँवर पौडेल पक्ष मानिन्छन् । अन्य चार जना देउवा पक्षधर हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा