महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

news
news
July 21, 10:55

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

आज प्रकाशिक बैंकको आर्थिक वर्ष २०७७।०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवको असार मसान्तसम्ममा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आजर्न गर्न सफल भएको छ । बैंकको सञ्चालन मुनाफा ६७ प्रतिशतले बढेर एक अर्ब दुई करोड ३४ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमीशन आम्दानी १०.१० प्रतिशत र अन्य सञ्चालन आम्दानी १३ करोड रुपैयाँले बृद्धि भएको छ । त्यस्तै बैंकको खुद व्यापारिक आयमा उल्लेख्य रुपमा बृद्धि भएकोछ । अघिल्लो वर्ष जम्मा ४६ लाख रुपैयाँ रहेको यस्तो आय गत आवको असार मसान्तसम्ममा १६ करोड भन्दा माथि छ ।

असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ भने आधार दर ९.९५ बाट घटेर ७.२८ मा आएको छ । त्यस्तै ब्याज स्प्रेड दर ४.३५ बाट ४.५३ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष २६.१३ प्रतिशत बढेको छ । बैंकको निक्षेप ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बृद्धि भएको तथ्याङ्कले देखाएको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ । अघिल्लो आवको तुलनामा ७ रुपैयाँले बढेर त्यहाँ पुगेको हो । त्यस्तै, बैंकको पीई रेशियो २०.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै तरलता रेसियो २८.५४ प्रतिशत रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा