कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

news
news
July 21, 2:27

धनगढी,६ साउन - लागुऔषध सहित कैलाली प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ बस्ने २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार दिउँसो विशेष सूचनाको आधार खटिएको प्रहरी टोलीले चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक बन नजिकबाट चेकजाँच गर्दा लागुऔषध खैरो हिरोइन ५ ग्राम सहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

त्यसैगरी कञ्चनपुरका राईलाई मंगलबार नै धनगढी उपमहानगरपालिका ३ भन्सार नजिक शंकास्पद रुपमा हिँडिरहेको अबस्थामा प्रहरीले चेकजाच गर्दा नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ टयाब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा