युवालाई मुलधारमा सहभागिता गराउन राउण्ड टेबल डिस्कशन

news
news
July 21, 2:32

धनगढी, ६ साउन/नेपाल युवा संस्था सञ्जाल (आयोन)को आयोजनामा कैलालीमा राउण्ड टेबल डिस्कशन कार्यक्रम सम्पन्न भएको छ ।
सुशासनका लागि युवा परियोजना अन्तर्गत आईएफएसको आर्थिक सहयोगमा कैलालीका बिभिन्न युवा सरोकारकाला बिच उक्त अन्तरकृया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा युवा अधिकार र सवालका विषयमा पैरवी, विकासमा युवा सहभागिता र युवा क्षमता अभिवृद्धिका बिषयमा घनिभुत छलफल गरिएको नेपाल युवा संस्था सञ्जाल (आयोन) कैलालीका फोकल पर्शन चन्द्रकान्त पनेरुले बताए ।कैलाली जिल्लाको विभिन्न क्षेत्रका पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममो प्रदेश, स्थानीय तहको नीति निर्माण र योजना प्रक्रियामा युवाको सहभागिता कसरी युवालाई उत्प्रेरणा प्रदान गर्ने बिषयमा छलफल गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्त, गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी, जिल्ला निर्वाचान कार्यालयका प्रमुख प्रेमराज भट्ट, पत्रकार उमदि बागचन्द र प्रदेश युवा परिषद कैलालीका युवराज कुँवर लगाएत कैलालीका युवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा