‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु

sasas
sasas
July 22, 6:09

काठमाडौं, ६ साउन - भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।

भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३७४ संक्रमित फेला परेका छन् । उनीहरुमध्ये करिब आधा मानिसहरु यसको उपचार गराइरहेका छन् ।

कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पनि पर्ने गर्छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिसहरु छन् । कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् ।

डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको छ । भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७८५ छ ।

भारतको बेंग्लोरका डाक्टर रघुराज हेग्ड पछिल्लो समय ठूलो संख्यामा यसका बिरामी आइरहेको र यसबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्य रहेको बताउँछन् । डाक्टरहरुका अनुसार केही बिरामीको अस्पताल ल्याउनुभन्दा अघि नै मृत्यु हुने गरेको छ । साथै । केहीमा भने उपचारपछि घर फर्किएपछि पुनः यो समस्या देखिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा