तुलसीको बोटले यसरी संकेत दिन्छ घरमा आउने संकट !

news
news
July 22, 6:37

तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु(याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।

हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ । पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।

पुरुण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सवैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउने छ, वा उग्लनेछ । त्यस्तै तुलसीमा कालो दागाहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकत हुने जनाइन्छ । दरिद्रता, अशान्तिर तथा क्लेशका बीच लक्ष्मीको वास हुन्छ । ज्यातिषी अनुसार यसको कारण बुध रहेको जनाइएको छ ।

बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ । यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ ।यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव तुली तथा हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ। यो सचेतनात्मक सामाग्री सबैका लागि सेयर गरे मिल्नेछ लाभ ।

यसैगरी भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ।
ओम :- सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको अर्थ हुन्छ उपनिषद् । यसमा ब्रह्मा, विष्णु र महेशको प्रतीक तथा यो भूः लोक, भूवः लोक र स्वर्ग लोकको पनि प्रतिक हो । तामा, पीतल तथा अष्टधातुको ओम घरमा राख्ने गरिन्छ ।

स्वास्तिक :- स्वास्तिकलाई शक्ति, सौभाग्य, समृद्धि र मंगलको प्रतिक मानिन्छ । यो मंगल प्रतीक गणेशको उपासना, धन, वैभव र ऐश्वर्यकी देवी लक्ष्मीको पूजामा विशेष स्थान छ । यसको चारै दिशाहरुको अधिपति देवताहरु, अग्नि, इन्द्र, वरुण एवम् सोमको पूजा हेतु एवप्ं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नका लागि प्रयोग गरिन्छ ।

कलश :- कलश सुख र समृद्धिको प्रतीक मानिन्छ । एक कास्य वा तामाको कलशमा पानी भरेर त्यसमा आपको केही पात राखेर त्यसको मुखमा नरिवाल राख्नुपर्छ शंख – शंख समुन्द्र मन्थनको समयमा प्राप्त भएका १४ अनमोल रत्नहरु मध्ये एक हो । लक्ष्मी माताको साथमा उत्पन्न भएका कारण यसलाई लक्ष्मी भ्राता पनि भनिन्छ । यही कारण, जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । शंख बजाउनाले स्वास्थ्यमा पनि लाभ मिल्छ । घरको वातावरण शुद्ध हुन्छ ।

दियो – सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतिक हो । परम्परागत दियो माटोको हुन्छ, जसमा पाच तत्व माटो, आकाश, जल, अग्नि र वायु हुन्छ । हिन्दु अनुष्ठानमा पञ्चतत्वको उपस्थिति अनुवार्य हुन्छ।

पञ्चसुलक – यो फिजिएको हातको छाप हो, जसमा पाँच तत्वको प्रतीक हो । हामीसँग जे–जति छ त्यो र हाम्रो शरीर पाँच तत्वले बनेको हुन्छ । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । जैन धर्ममा यसको निकै नै महत्व हुन्छ । हिन्दुहरुले भने जन्म र विवहको अवसरमा हातको छाप लगाउँछन् । मुख्य पवेशद्धारमा पञ्चसुलकको छाप लगाइएमा समृद्धि, सुख र शुभता ल्याउने विश्वास गरिन्छ ।

गरुड घन्टी – जुन ठाउँमा घन्टी बजेको नियमित आवाज सुनिन्छ, त्यहा वातावरण सधै सफा र पवित्र बन्ने मान्यता राखिन्छ । यसले नकारात्मक शक्तिलाई भगाउँछ । नकारात्मक शक्ति भाग्नु भनेको समृद्धिको ढोका खुल्नु हो बाँसुरी – भगवान कृष्णको अतिप्रिय बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख– समृद्धि पनि रहिरहने हुन्छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक बताइएको छ ।

लक्ष्मीको प्रतिक कौडी – पहेलो रंगको कौडी लक्ष्मीको प्रतिक हो मंगल सुत्र – यो मंगल सुत्र एक विवाहित नारीले पतिको कुशलताकासँग जोडिएको मंगल कामनाको प्रतीक हो चम्किलो शालिग्राम – शिवलिंग जस्तै शालिग्रामको पनि धेरै चामत्कारिक लाभ छन् । शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।

मयुरको प्वाख – जसको घरमा मयुरको प्वाख राखिएको हुन्छ, त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने विश्वास गरिन्छ । भरमा १ देखि ३ वटासम्म मयुर प्वाख राख्नु राम्रो मानिन्छ ।माला – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा