बैतडी : एक वर्षमा साढे ५ हजारले बनाए नागरिकता

new
new
July 22, 6:51

बैतडी - बैतडीमा एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका हुन्।  

जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। 

कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन्। गत आर्थिक वर्षको कात्तिकमा सबैभन्दा बढी र भदाै महिनामा सबैभन्दा कम नागरिकताको प्रमाणपत्र वितरण भएका प्रशासनले जनाएको छ।  

यस्तै ४ जनाले वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका छन् भने १ हजार ८ सय १८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। प्रतिलिपि लिनेमा १ हजार ३ सय ७६ जना पुरुष छन् भने ४ सय ४२ जना महिला रहेका छन्।

यस्तै ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्। अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन्।

यसैबीच नागरिकतासम्बन्धी ४ सय ८० वटा गुनासा आएकोमा ३ सय ५३ वटा फर्स्याैट भएका र १० वटा प्रक्रियामा छन्। नागरिकतासम्बन्धी आएका १७ वटा गुनासा भने खारेज भएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा