आँधी प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई विप्लवले यस्तो निर्देशन दिए

Aadhi
Aadhi
April 01, 5:44

नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का महासचिव  नेत्र विक्रम चन्द विप्लवले आइतबार बारा र पर्सामा गएको आँधीबाट प्रभावितहरूको उद्धार राहतमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। 

सोमबार विज्ञप्ति जारी गर्दै विप्लवले पार्टी पंक्ति तथा जनवर्गीय सङ्गठनका कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिएका हुन्। 

'आइतबार बेलुका बारा र पर्सामा आएको आँधी, हुरीसहितको असिना र पानीका कारण ३१ जना भन्दा बढीको ज्यान गएको र चार सय भन्दा बढी घाइते हुनुका साथै ठूलो जनधनको क्षती भएको घटनालाई लिएर हाम्रो सिङ्गो पार्टी पंक्ति निकै दुःखी भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाने सबै प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। मृतकका परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइते प्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ।'

उनले मृतकका परिवारलाई राहत र घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन्। 'यो दुखित घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरूको व्यवस्था गरियोस् भन्दछौँ,' विज्ञप्तिमा अगाडि भनिएको छ, 'सम्बन्धित क्षेत्रको हाम्रो पार्टी पंक्तिलाई सबै क्षेत्रबाट सहयोग गर्न निर्देशन पनि गर्दछौँ।' 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा