एमाले एकता ‘अन्तिम चरणमा’

news
news
July 24, 12:26

काठमाडौं/एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको अन्नपुर्ण पोष्टले खबर लेखेको छ । ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइ छ।

‘एकताको काम अन्तिम चरणमा पुर्‍याएका छौं’, कार्यदलका एक सदस्यले भने, ‘एकताको अस्त्र के हो भन्ने अहिले सार्वजनिक नगर्ने भन्ने छ। आजभोलि नै नजिता आउँछ।’अध्यक्ष ओलीले बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा फ्लोर क्रस गरी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मत दिने वरिष्ठ नेता नेपाल सहितका सांसदहरूलाई (आममाफी) दिने घोषणा गरेका थिए। तर, बैठकमा नेपाल पक्षीय नेताहरू भने अनुपस्थित थिए।

पार्टी विवाद मिलाउन भन्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका ५, ५ जना नेता रहेको कार्यदल गठन गरिएको थियो। कार्यदलले असार २७ गते राति १० बँुंदे सहमति गरी नेताहरूलाई सहमतिपत्र हस्तान्तरण गरेको थियो। तर, त्यसको भोलिपल्टै सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले विवादले अर्को मोड लियो। एकताको छलफल निकै नै सकारात्मक छ, एमाले नेता रघुजी पन्तले भने, परिणाम आउने गरी नै छलफल भइरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा