विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

Hemanta Oli
Hemanta Oli
April 10, 6:14

काठमाडौं– सर्वोच्च अदालतले प्रहरीले पक्राउ गरेका विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।

चैत १० गते काभ्रेमा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनीकी छोरी विपनाले १३ गते सर्वोच्चमा प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले रिटमाथि सुनुवाइ गर्दै खारेज गरेको हो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चैच १४ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

यही आदेशअनुसार बुधबार सर्वोच्चमा उपस्थित गराइएका ओलीको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासले खारेज गरिदिएको हो।

उनलाई सम्बन्धित जिल्ला अदालतमै पठाउने आदेश भएको छ । ओलीलाई नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा ललितपुर जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

यसअघि विप्लव समूहकै नेता खड्कबहादुर विश्वकर्मालाई सर्वोच्चले पटक पटक बन्दिप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै छाड्न आदेश दिएको थियो।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ। प्रधानन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका गतिविधि नियन्त्रण गरिसक्ने घोषणा गरेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा