सीके राउत वैसाख पहिलो साता जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने

CK Raut
CK Raut
April 11, 6:37

काठमाडौं : सरकारसँग ११ बुँदे सहमति गरेपछि खोलेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए।
सरकारसँगको सहमतिपछि सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा छन्।

पाँच दिन काठमाडौं बसाइका क्रममा राउतले सम्पूर्ण समय पार्टी दर्ता प्रक्रियाका लागि खर्चेका छन्।

‘अहिले हाम्रो पहिलो प्राथमिकता पार्टी दर्ताको हो। त्यसकै लागि सम्पूर्ण तयारी गर्दैछौं,’ राउतले भने, ‘पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको छ। अब केही दिनभित्रै पार्टी दर्ता हुनेछ।’

पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढिरहेको बताउँदै वैसाखको पहिलो साता जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले जानकारी दिए। पार्टीको सैद्धान्तिक पक्षमा थप छलफल आवश्यक रहेको उनले सुनाए।

अहिले संगठन सुदृढिकरणको अभियान पनि जनमत पार्टीले चलाएको छ। स्वतन्त्र मधेश गठबन्धनको संरचनामा रहेको संगठनलाई पार्टीगत संरचनामा ल्याउने कार्य भइरहेको उनले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा