देउवाले भने ‘सडक आन्दोलनमा जानुपर्ने बेला आउन सक्छ, सबै साथीहरू तयार रहनुस्

Deuba
Deuba
April 14, 6:08

धनगढी, १ वैशाख : पूर्व प्रधानमन्त्री तथा नेपाली कांगे्रसका पार्टी सभापति शेर शहादुर देउवाले ओली सरकारको अनियमितता विरुद्ध पार्टीले लड्नुपर्ने बेला आएको बताएका छन् । आइतबार धनगढीमा नेपाली काँग्रेस कैलालीको वार्षिक क्यालेन्डर विमोचन समारोहलाई सम्बोधन गर्दे देउवाले ओली सरकारले जताततै कर बढाएर जनतालाई दुख दिने काम गरेको आरोप लगाए । 
‘आलुमा, अण्डामा, कुखुरामा कर लगाएर सरकारले आतङ्क मच्चाएको छ ।’ देउवाले भने ‘ओली सरकारले एक वर्ष भयो एउटा पनि काम गर्न सकेको छैन । त्यस कारण अब हाम्रो पार्टीले सरकारको आतङ्क विरुद्ध लड्नु बाहेक अरू विकल्प छैन, अब लड्नुपर्ने बेला आएको छ ।’
उनले जनताका समस्याहरूको पक्षमा र सरकारका नकारात्मक गतिविधिको विरुद्धमा प्रदेश सभामा आवाज उठाउन प्रदेश सांसदहरुलाई निर्देशन दिए । साथै उनले अब सडक आन्दोलनमा जानुपर्ने बेला आउन सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिए । उनले भने ‘अब हरेक ठाउँहरूका समस्याहरूलाई ध्यान राखेर सडक आन्दोनलमा जानुपर्ने बेला आउन सक्छ । त्यस कारण सबै साथीहरू तयार रहनुस् ।’ 
पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा उनले पार्टी सभापतिको नाममा अचाक्ली गर्नेहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा