दार्चुलाका ३६ हजार बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

news
news
August 11, 9:05

धनगढी: दार्चुलाका ३६ हजार बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

जिल्लाका ३६ हजार ७७९ जना नागरिकले कोरोना भाइरसविरुद्धको विभिन्न खोपको पहिलो मात्रा लगाएका हुन्। गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ ओटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको थियो। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हालसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने १४ हजार ५२५ जना र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउने १७ हजार ३१५ जना रहेका छन्।

त्यस्तै भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१, कोभिसिल्डको दोस्रो मात्रा २ हजार ६७९ र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाउन पाएका छन्।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा