दार्चुलामा एसएसवीको चरम ज्यादती, सर्वसाधारणमाथि कुटपिट

news
news
August 13, 9:39

दार्चुला, २९ साउन । जय सिंह धामी महाकालीमा बेपत्ता भएको घट्नामा आफ्नो संगठनलाई बद्नाम गरेको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालीमाथि चरम ज्यादती गरिरहेको छ । एसएसवीले बिहीवार बिहान दार्चुलाको खलंगाबाट भारतीय बाटो भएर फर्किदै गरेका व्यास गाउँपालिका–४ मडगाउका दुई जनालाई एसएसवीले अकारण कुटपिट गरे ।

हामी दार्चुलाबाट फर्किदै थियो, बाटोमा रोकेर कहाँबाट आएको भन्दै उनीहरुले सोधपुछ गरे । हामीले खलंगाबाट आएको बतायौ । त्यसपछि तिमीहरुले हामीलाई बद्नाम गर्ने भन्दै कुटपिट गरे, एसएसवीको कुटपिट र दुव्र्यबहार खेपेका मडगाउँका एक जना व्यक्तिले भने, उनीहरुले गाडी चालक र हामीलाई अकारण कुटपिट गरे । तिमीहरु गरीव छौ । हामीलाई थाह छ ।

त्यही कारण बिगतमा हामीले तुईन तर्दा आँखा चिम्लियौ । तिमीहरुले उल्टै तुईन चुडाएर जय सिंह धामीलाई बेपत्ता बनाएको भनेर हामीलाई बद्नाम ग¥यौ, उनले पश्चिम टुडेसंगको कुराकानीमा भने, अव तिमी कसैलाई यो बाटो हिडेको देखेमा सोझै डीडीहाट पुर्याउछौ ।

जय सिंह धामी बेपत्ता भएको घट्नामा एसएसवी मुछिएको थियो । एसएसवीले तुईन चुडेका कारण धामी बेपत्ता भएको आरोप छ । उक्त घट्नापछि नेपालीहरु प्रति निकै आक्रोशित एसएसवीले तुईन रहेको महाकाली नदीका किनारमा गस्तीमा कडाई गर्नुका साथै नेपालीहरुमाथि कडा निगरानी गरिरहेको स्थानीय बासिन्दाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा