गौरा पर्वमा हुने भिडभाडमा रोक

news
news
August 14, 8:58

धनगढी: दार्चुलामा गौरा पर्वमा हुने मानिसहरुको भिडभाडमा रोक लगाइएको छ। आगामी भाद्र महिनामा मनाइने सुदुरपश्चिमेलीहरुको महान पर्व गौरामा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मानिसहरुको भिडभाडमा रोक लगाइने भएको हो। शुक्रबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गौरामा मानिसहरुको भिडभाड हुनसक्ने भन्दै सामाजिक दुरीको अनिवार्य पालना गराउने निर्णय गरेको छ। स्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउने तथा अनावश्यक भिडभाडजन्य कार्यहरुमा रोक लगाइने बताइएको छ।

त्यस्तै कोरोनाको संक्रमणबाट जोगाउन जिल्लाका सबै स्थानीय तहले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्ने र निर्माण नगरेका स्थानीय तहमा तत्काल निर्माणका लागि पहल गर्ने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। जिल्लाभित्र कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई ध्यानमा राखी सबै नागरिकहरुलाई सतर्क र सजग रहन अनुरोध गर्ने निर्णय गरिएको बताईएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा