फुटसलको उपाधि पशुपति फारवेष्टलाई

Footsal
Footsal
April 15, 6:50


धनगढी, वैशाख २ - नयाँ बर्ष २०७६ सालको अवसरमा धनगढीमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि पशुपति फारवेष्ट युवा क्लबले जितेको छ । धनगढीमा रहेको फल्याटल्याण्ड फुटसलले आयोजना गरेको प्रतियोगिताको फाईनलमा फोर्स मोटर्सलाई पराजित गर्दै पशुपति फारवेष्टले फुटसल प्रतियोगिताको उपाधि जितेको हो । फल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा पशुपतिले फोर्स मोटरलाई ९–८ को अन्तरले किनारा लगाएको हो । धनगढीका चार युवाले सञ्चालनमा ल्याएको फल्याटल्याण्ड फुटसलमा विभिन्न अवसरमा फुटसल प्रतियोगिता हुँदै आएका छन् । नयाँ बर्षको अवसरमा भएको प्रतियोगितामा धनगढीका १० टीमको सहभागीता रहेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा