सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
धनगढी – हाल सुदूरपश्चिम, प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित ठुलो वर्षा हुने महाशाखाकाको पूर्वानुमान छ ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित ठुलो वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै ठुलो वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।
प्रदेश १,२, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।