दार्चुलामा बाढीपहिरो : तीनको मृत्यु, २ बेपत्ता, एउटा बजारसहित दर्जन बढी घर बगे

Badhi Pahiro
Badhi Pahiro
August 30, 11:37

कैलाली - 

निरन्तरको वर्षा पछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतबार राति आएको बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको भने दुई जना बेपत्ता भएका छन् पहिरोले घर पुरिँदा दुहु गाउँपालिका बास पालिकामा नरसिंह महर उनकी श्रीमती कौशिल्ला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन् राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको भट्टले बताए।

बाढीले घर, पुल लघु जलविद्युत् समेत बगाएको यस्तै दुहु गाउँपालिकाको वडा नम्बर मा बाढीले बगाएर मनुवा डडालको पनि मृत्यु भएको काला गाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट पशु चौपाया पनि बगाएको कति क्षति भएको भने अझै यकिन गर्न नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए

सो क्षेत्रमा वटा पसल, दुई वटा लघु जलविद्युत् आयोजना, चार वटा झोलुङ्गे पुल एउटा पक्की पुल बगेको जानकारीमा आए पनि यकिन भई नसकेको उनको भनाई यस्तै वडा नम्बर निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की हरकसिंह कार्की बेपत्ता भएको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।

निजाङगाडकै खोलाले दार्चुलातिंकर सडकमा रहेको मोटरेबल पुल दुई वटा झोलुङ्गे पुल पनि बगाएको छ। सो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरू बगाएको दार्चुलातिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको

यस्तै महाकाली नगरपालिका को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम जीतबहादुर बमको पसल बगाएको सो क्षेत्रमा रहेको श्रीबगड बजार नै बगाएको प्रजिअ जोशीको भनाई अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाको टोली तथा जनप्रतिनिधिहरू समेत पुगेका राहत तथा उद्धारको काम भइरहेको जोशीले जानकारी दिए

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा