कैलालीमा विप्लवका १५ जना कार्यकर्ता पक्राउ

DPO
DPO
April 26, 7:57

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता कैलालीमा विप्लवका १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले शुक्रबार मात्रै विप्लवका ३ नेता कार्यकर्तालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। 

शुक्रबार कैलालीको धनगढीबाट पूर्व सभासद्, प्रतिबन्धित नेकपाका सेती ब्युरो सदस्य तथा कार्यालय सचिव डबल शाहलाई पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले ‘सशस्त्र प्रहरी बल नेपाल, ३४ नम्बर गण हेडक्वार्टर कैलालीबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा पूर्व सभासद् शाहलाई महत्त्वपूर्ण दस्तावेजसहित उनकै डेराबाट पक्राउ गरेको’ बताए।

प्रहरीले पूर्व सभासद् शाहको डेराबाट प्रतिबन्धित नेकपा कैलालीको आयव्ययको विवरण, परिपत्र तथा निर्देशन पत्र, लेटर प्याड, विधान, सेती ब्युरोका विभिन्न मितिमा भएका निर्णय, विभिन्न राजनैतिक सङ्गठनात्मक कामको विवरण लगायतका दस्ताबेज बरामद गरिएको जनाएको छ।

प्रहरीले पूर्व सभासद् शाहमाथि राजद्रोह गरेको आरोपमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालत कैलालीबाट सात दिन म्याद थप गरिएको जानकारी दिएको छ।

शुक्रबार नै प्रहरीले कैलालीको टीकापुरस्थित एकता शिविरबाट नेकपा (विप्लव) एरिया नम्बर ८ का दुई जना सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय तपेन्द्र रसाइली र ३३ वर्षीय पूर्णबहादुर खड्का रहेको बताइएको छ । 

यीसहित कैलालीमा शुक्रवारसम्म विप्लव समूहका १५ नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरिएका १५ जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

पक्राउ गरेकामध्ये छ जनामाथि आपराधिक उपद्रव गरी आगो लगाएको मुद्दा, चार जनामाथि राजद्रोह, आपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य, र सङ्गठित अपराध शीर्षकमा मुद्दा चलाएको छ भने तीन जनामाथि सार्वजनिक हितसमेत विरुद्धको कसुर अपराधमा अभद्र व्यवहार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेको कैलाली प्रहरीले जनाएको छ।

11

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा