हङकङमाथी शानदार जीत निकाल्दै नेपाल एशियाली क्रिकेटको फाइनलमा

Cricket
Cricket
April 27, 2:49

थाइल्याण्डमा जारी १६ वर्षमुनिको एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।

पहिले व्याटिङ गरेको हङकङले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ८७ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।

नेपालका लागि आशिष भट्टराईले १७, रोहन दुधराजले १४, दीपक बोहोराले ११ र सुवास ऐरले १० रनको योगदान दिए। बलिङतर्फ नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमार पटेलले दुई–दुई विकेट लिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा