कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबीका विद्यार्थीद्धारा परीक्षा सार्न माग

news doti
news doti
September 01, 2:58

धनगढी, १६ भदौ । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबीका विद्यार्थीहरुले तीनबुदे माग राख्दै क्याम्पस प्रशासनलाई पत्र बुझाएका छन्। बुधबार विद्यार्थीहरुले तीनबुदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका हुन्।

कोभिडले पढाई प्रभावित भएका बेला पठनपाठन नै नगरी परीक्षा गरिन लागेको भन्दै बीएएलएलबी प्रथम सेमेस्टरको परीक्षा सार्नुपर्ने मागसहित क्याम्पस प्रशासनलाई पत्र बुझाईएको अनेरास्ववियू क्रांतिकारीका बिधार्थी नेता गणेश जोशीले बताए।

सुदूरपश्चिममै पहिलोपटक पढाई भईरहेको बीएएलएलबीको परिक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने र चाडो सबै पुस्तक उपलब्ध गराउनुपर्ने मागहरु रहेको उनले बताए।

यस्तै ३ दिनका लागि क्याम्पसलाई समय दिईएको र उक्त मागहरु सम्बोधन नभएमा क्याम्पसमा तालाबन्दी गरिने पारश कठायतले बताए। १६ जना विधार्थीले आज तीनबुदे मागसहित पत्र बुझाएका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा