Aagan-cakes-web-banner-2
news

चहलपहल बढ्दै धनगढीको बेलादेवीपुर धाममा

news
September 02, 2:09

सरस्वती साफरी
धनगढी, १७ भाद्र/ धनगढी उपमहानगरपालिका ११ बेलामा रहेको बेलादेवीपुर धाम पर्यटकीय आकर्षक गन्तव्य वन्न थलेको छ । वन क्षेत्रमा रहेको बेलादेवीपुर धाम शान्त, छेउमै ताल र हरियाली रमणीय बाताबरण भएकोले बेलादेवीपुर धाम प्रर्यटकीय स्थल बन्दै गएको छ ।

लगभग डेढ बिगाहा क्षेत्रमा रहेको बेलादेवीपुर धाममा फुटट्रयाक, पिङ, चिपलेटी, आश्रमस्थल, बेन्च र फुलबारी लगाएतका संरचना निर्माण गरी आर्कषक बनाईएको छ । तालको वरपर वन क्षेत्र हराभरा र ठुलो मन्दिर बेला तालले गर्दा निकै आकर्षण भएकोले रमाईलो गर्न आउने गरेको धनगढी ८ धनगढी गाँउका दिपक भट्टले बताए ।

‘पहिला बेलादेवीपुर धाम क्षेत्र जिर्ण अबस्थामा थियो, अहिले आउदै निकै सुन्दर भएको छ’ आन्तरिक पर्यटक धनगढी ८ धनगढी गाँउका भट्टले–‘अहिले निकै आर्कषक भएको छ ।’ पिकनिक स्पट र खानेपानीको पनि व्यवस्थाका साथै शान्त ठाउ घुम्न आउने आन्तरिक पर्यटकलाई तन्न सक्छ भट्टले भने । पहिले बेलादेवीपुरधाम पुग्न बाटो समेत कच्ची थियो अहिले सडक पिच हुदा यहा आउन सहज भएको घुम्न आउन पर्यटक खुशी व्यक्त गर्दछन् ।

sasa

बेलादेवीपुरधाम धार्मिक रुपले पनि चिनिन थालेको छ । धाममा शिब र दुर्गाको मन्दीर भएकोले पनि धार्मीक तिथीमा भक्तजनको घुईचो लाग्ने गरेको बेलादेबीपुरधाम व्यबस्थापन समितिका अध्यक्ष कविराज जोशीले जानकारी दिए । विभिन्न चार्डपर्वका बेला भक्तजनहरुको ठुलो सख्यामा भिड हुने गर्दछ । ‘बेलादेवीपुर धामलाई व्यवस्थित गरी पार्कका रुपमा समेत अगाडी बढाएको छ’ अध्यक्ष जोशीले भने–‘विवाह बर्ताबन्ध जस्ता कार्यक्रम गर्नको लागि उचित व्यबस्थापन गरिदैछ ।’

बेलादेवीपुर धाममा ५५ लाख धनगढी उपमाहनगरपालिका र अन्य बिभिन्न सरकारी निकायबाट गरी एक करोडका सो क्षेत्रमा संरचना निर्माण भएका छन् । ‘प्रदेशको नक्सा र नेपालको नक्साका आकार देखिने तालको बनावट बनाईने लक्ष्य छ’ अध्यक्ष जोशीले भने–‘मन्दिर, ताल सबै क्षेत्रलाई पर्यटकिय दृष्टीकोणबाट सुन्दर बनाउन ६ करोडको डिपिआर तयारी भएको छ ।

sasa

बेलादेवीपुर धामले सो क्षेत्रलाई मात्रै नभएर धनगढीकै नमुन पर्यटकिय क्षेत्रका रुपले बिकास हुदा गाँउठाउको समेत सम्भावना बढेको धनगढी ११ बेलाका स्थानीय रुप कुँवले खुशी व्यक्त गरे । धाम संगै स्थानीय क्षेत्रलाई पनि बिकासका ढोका खुलेका छन् स्थानीय कुँवरको भनाइ छ ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

टिकटक र फेसबुकले प्रख्यात बनायो बगलेकलाई, दैनिक सयभन्दा बढी…
डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक… विस्तृतमा
डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहालयको स्थापना
डोटी,प्रकाश बम  ।  ‘डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहलयको’ स्थापना गरिएको छ। जिल्लाको जोरायल… विस्तृतमा
नाली निर्माणको काम अलपत्र सडक हिलाम्मे 
टिकापुर ,असार २  कैलालीको टीकापुर नगरपालिका–१ ब्लक ‘ए’ मा शहरी विकास मन्त्रालयको स्मार्ट सिटी… विस्तृतमा
बडी केदार पर्यटन विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यको…
धनगढी, डोटीको बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारी तथा… विस्तृतमा