प्रथम मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन

Mayor Cup
Mayor Cup
May 03, 6:42

घनगढी, २० बैशाख - धनगढी उप–महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना गरिएको प्रथम नगर स्तरीय मेयरकप फुटवल प्रतियोगिताको शुक्रवार उद्घाटन गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रका बिच उद्घाटन गरेका हुन । फुटवल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढीलाई खेलकुदको नगर बनाउन आफु लागि परेको बताए । अहिले पुरुषको मात्रै फुटवल प्रतियोगिता आयोजना गरिएको भएपनि दोश्रो बर्षबाट महिला फुटवल प्रतियोगिता पनि आयोजना गरिने नगरप्रमुख वडले बताए ।
प्रत्येक वडामा खेलकुद मैदान निर्माण गर्न थालेको बताउदै नगरप्रमुख वडले भने, अव क्रिकेटको मात्रै होईन धनगढी सबै किसिमका खेलकुदको हव बनाउने अभियानमा छौं । खेलाडी भएको समाज अनुशासित र ब्यबस्थीत हुन्छ नगरप्रमुख वडले भने, त्यसैले स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि समेत खेलकुद आवश्यक छ ।

Mayor Cup


प्रतियोगितालाई हार जितको रुपमा नलिन हुन नगरप्रमुख वडले खेलाडि संग आग्रह गरे । नेकपाका नेता गजेन्द्र चन्दले धनगढीलाई खेलकुलले चिनाएको बताए । उनले प्रथम नगर स्तरीय मेयरकप फुटवल प्रतियोगिता सफल पार्न आग्रह गरे ।
नगर खेलकुद विकास समितिका संयोजक दिपक कुमार थापाले धनगढी उप–महानगरपालिकाका १९ वटै वडाका टोलिहरु सहभागि रहेको बताए । धनगढी उप–महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा संचालित फुटवल प्रतियोगिता बैशाख ३० गते सम्म चल्ने छ ।
उद्घाटन खेल धनगढी उप–महानगरपालिका १२ स्थीत ए गाउँको फुटवल मैदान भैरहेको छ । त्यसैगरी केहि खेलहरु वडा नं १८ को डिपोबजार खेल मैदानमा हुने आयोजकले बताएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा