राष्ट्रिय गोजुरियो करातेको सुदूरपश्चिम प्रदेश समिती गठन

Karate
Karate
May 04, 6:55

धनगढी :  राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा सम्पन्न भएको छ ।

पुर्व राष्ट्रीय कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो । संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल, सदस्यहरुमा किशोर शाह,विराज रोस्यारा,हेमन्त रेग्मी,तिलक साउँद,गोविन्द बानिया,कविता शाही,अर्जुन जैगडी,छत्र रावल,पवन शाहु,नविन सिहं,कुबेर खड्का ,सुरेन्द्र बोहरा रहेका छन् ।

अन्य बाकी पदहरु कार्यसमितीको पहिलो बैठक बाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष कुवँरले बताउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वहादुर वडले एक समारोहका विच नवगठीत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

नगरप्रमुख वडले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो । “खेलाडी कसैको छोरा छोरी वा आफन्त मात्रै हुदैन” नगरप्रमुख वडले भन्नुभयो, सफल खेलाडी देशको पनि सम्पती हुन जान्छ । नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको बताउनुभयो । सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितीका सदस्य रोहित जंग कुवँरले नवनिर्वाचित कमीटीको घोषणा गर्नुभयो । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले देशभर गोजुरियो करातेका गतीविधि बढाउन तथा समग्र खेल क्षेत्रमा आफ्नो संघको उपस्थीती बलियो बनाउने उदेश्यका साथ प्रदेश स्तरीय कमीटी गठन गरिएको बताउनुभयो ।

साथै कार्यक्रममा नवनिवार्चित सदस्य हेमन्त रेग्मीले भखरै सम्पन्न आठौ राष्ट्रीय खेलकुद प्रतियोगीतामा यस क्षेत्रका गोजुरियोका ४ जना खेलाडी तथा एक जना प्रशिक्षकलाई १० हजार बरावरको ट्रयाकसुट हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा