जाली नोटको कारोबार गर्ने ठुलो गिरोह निजगढबाट पक्राउ

news
news
September 12, 1:28

बारा । बाराको निजगढबाट प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले जाली नोंटको कारोबार गर्ने एउटा गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट पक्राउ परेका उनीलाई नक्कली नोंटसहिँत जिल्ला प्रहरी कार्यालय कलैया, बारामा राखिएको छ । काठमाडौँबाट आएको व्युरोको टोलीले जिल्लाको निजगढस्थित होटल तारा इनबाट नक्कली नोंटको कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिए पछि थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नं.२ बाट दिउँसो ३ बजे पक्राउ गरेको हो ।

प्रहरीले एउटा घरको गाई गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहिँत उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराले घटनाको बारेमा थप बिवरण दिन चाहेको छैन । तर, पक्राउ परेका सबै मधेसी मूलका नेपाली नागरिक भएको बुझिएको छ । 

तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहिँत नियन्त्रणमा लिइएका व्यक्तिहरुको साठगाँठ भएको पनि बताइएको छ । होटलको कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाण्डौंबाट सिधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र ईलाका प्रहरी कार्यालय निजगढमा समेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठुलो संख्यामा आएको व्युरो टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’गरेको हो ।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले ईलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटल भित्र पस्न दिएका थिएनन भने सर्वसाधारणलाई होटल अगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए ।

व्यूरोको टोलीले छापामारी थाले पछि मात्रै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन् । घटनाको बारेमा शुरुमा केही कुरा पनि जानकारी नभएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताए । गाउँले र सर्वसाधारणले आँफुलाई फोन गरेर सोधखोज गर्न थाले पछि मात्रै सो बारेमा थाहा भएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय, निजगढको टोली दिउँसो १२ बजे पछि मात्रै होटलमा पुगेको हो । होटलबाट नियन्त्रणमा लिएका ३ जना व्यक्तिहरुलाई साथमा लिएर गुजरा तर्फ लागेको व्युरोको टोलीले रकम सहिँत थप २ जनालाई नियन्त्रणमा लिएको हो ।

सोहि क्रममा अनुमति नलिइ नियन्त्रणमा लिइएका व्यक्तिको भिडियो खिचेको भन्दै नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष एवंम् रेडियो निजगढकी समाचार प्रमुख मनिता पाण्डेले खिचेको भिडियो समेत प्रहरीले डिलेट गरेको छ । होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुगेकी न्यूज २४ की बारा जिल्ला संवाददाता समेत रहेकी पाण्डेको मोवाईलमा रहेको भिडियो प्रहरीले डिलेट गरेको हो । प्रहरीले पाण्डेको क्यामारा खोसेर भिडियो डिलेट गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजाँदै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाईल खोसेर भिडियो डिलेट गरेको पत्रकार पाण्डेले बताईन् । यसैबिच पत्रकार पाण्डेको मोवाइल खोसेर दुव्र्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीले भ्रत्सना गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरु प्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेस माथि गरेको व्यवहार निन्दनिय भएको बताए । उनीहरुले घटनामा संलग्नलाई कारवाहीको समेत माँग गरेका छन् ।

घटनाको बारेमा प्रहरीले राति अबेला सम्म पनि थप बिवरण उपलब्ध गराएको छैन । प्रहरीले दिन भरि नैं कसलाई र के कारणमा नियन्त्रणमा लिएको हो भन्ने बारेको बिवरण गोप्य नैं राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले घटना बारे आफुलाई कुनै किसिमको जानकारी नभएको बताए । 

ठुलै घटनासँग सम्बन्धि अपराधि पक्राउ परेको हुन सक्ने भएकोले अहिले अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ स्रोतले बताएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा