‘डडेल्धुरामा विवादको कारण देउवा होइन, कर्णबहादुर मल्ल हो’

news dhn
news dhn
September 13, 3:22

धनगढीः  नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एकजना सदस्य योगेन्द्र चौधरीले डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद निराधार भएको जनाएका छन्। समितिले डडेल्धुराको क्रियाशील सदस्यतालाई सर्वसम्मत रुपमा टुंग्याएको उनको भनाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर केन्द्रमै विवाद देखिएको छ भने डडेल्धुरामै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले क्रियाशील सदस्यता नामावली अस्वीकार गर्दै अधिवेशन प्रक्रिया बहिष्कार गरेको छ। २५ भदौमा सम्पन्न वडा अधिवेशनमा जिल्ला सभापति मल्ल पक्ष अनुपस्थित थियो।

डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर सभापति  देउवाविरुद्ध मोर्चाबन्दी सुरु भइसकेको छ। तर छानविन समितिले भने क्रियाशील सदस्यलाई लिएर जारी विवाद नियोजित भएको दावी गरेको छ। चौधरी भन्छन्– यो नियोजित रुपमा सभापतिलाई बदनाम गर्न निकालिएको विवाद हो, डडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नुभएको हो।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य चौधरीले डडेल्धुराको विवाद सभापति देउवालाई विवादमा ल्याउन गरिएको प्रचारबाजी मात्रै भएको बताए। ‘सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको र छानविन समितिले सर्वसम्मत रुपले टुंग्याएको विषयमा सभापतिलाई जोडेर विवाद गर्नुपर्ने कारण नभएको उनको भनाई छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा