अख्तियारका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर

Raj narayan Pathak
Raj narayan Pathak
May 15, 3:30

काठमाडौं: नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुस काण्डमा फरार रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठक आयुक्तबाट राजीनामा दिएका थिए। सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो। अख्तियारले अनुसन्धान थालेपछि पाठक फरार भएका थिए। अनुसन्धानपछि आयोगले गत चैत १२ गते पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पाठक फरार भएपछि बैशाख २५ मा उनको म्याद तामेलीमा थियो।

अहिले विशेष अदालतमा पाठकको बयान चलिरहेको छ। पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासमा बयान चलिरहेको छ।

पहिलोचरणको बयान सकिएपछि विशेषमा थुनछेक बहश हुनेछ। थुनछेक बहशपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने आदेश दिनेछ।

पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने अझै फरार नै छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा