मुख्यमन्त्री भट्ट र नेपाली काँग्रेस संसदीय नेता रावल बिच भेट, गठनबन्धन मजबुत बनाउने जोड

news
news
September 15, 12:40

धनगढी, ३० भदौ । परिवर्तित राजनैतिक अवस्था र सुदूर पश्चिममा पाँच दलीय गठनबन्धनलाई मजबुत बनाउने सम्बन्धमा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावल र मुख्यमन्त्री त्रिलोचन भट्टबीच मंगलवार छलफल भएको छ ।

सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने चर्चा भईरहेका बेला सत्तारुढ दलहरुले काँग्रेसलाई बाहिरै राखेर अघि बढ्ने संकेत पाएपछि मुख्यमन्त्री भट्टको धारणा बुझ्न नेपाली काँग्रेस संसदीय दलका नेता रावलले भेट गरेका हुन् । भेटघाटका क्रममा परिवर्तित राजनैतिक अवस्था र सुदूर पश्चिममा पाँच दलीय गठनबन्धनलाई बलियो बनाउने सम्बन्धमा छलफल भएको रावलले  बताए ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नेदेखि केन्द्रमा पाँच दलबीच जारी गठनबन्ध र सहकार्यलाई सुदूरपश्चिममा पनि बलियो बनाउने सम्बन्धमा छलफल केन्द्रित थियो, रावलले भने, काँग्रेसलाई सत्तारुढ दलहरुका नेताका तर्फबाट आईरहेका अभिव्यक्तिमाथि भट्टको धारणा स्पष्ट पार्न समेत हामीले आग्रह गर्यौ । मुख्यमन्त्री भट्टले आफु केन्द्रीय नेतृत्वको निर्देशन अनुसार चल्ने र केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई आफूले कमजोर हुने कार्य नगर्ने प्रतिबद्धता गरेको बताईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा