सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तामाङ भन्छन् – निष्ठापूर्वक काम गर्छु

news baitadi
news baitadi
September 18, 11:22

धनगढी, २ असोज । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनु चुुनौतीपूर्ण भए पनि सबै पक्षसँगको समन्वय र सरसल्लाहमा अघि बढ्ने उनको भनाइ छ । ‘प्रदेश सरकार बजेट विनियोजन गरिसकेको अवस्थामा हामी आर्थिक मामिला मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएको छौं’ तामाङले भने, ‘चुनौतीपूर्ण भए पनि यो पद जनताकै लागि हो भनेर सकेसम्म जनता र प्रदेशका लागि इमानदारिता र निष्ठापूर्वक काम गर्नेछौं ।’

मुख्यमन्त्री त्रिलोचन भट्टले शुुक्रबार आर्थिक मामिला मन्त्रीमा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका थिए । पार्टी विभाजनपछि विगतमा माधव नेपाल समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिलामन्त्री र अर्चना गहतराजले राज्यमन्त्री पदबाट २२ भदौमा राजीनामा दिएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा