शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण

news
news
September 19, 12:23

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर० निर्माण गरिएका छन् । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो ।

चोरी शिकारी नियन्त्रण गर्नका लागि मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । ‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन मचान निर्माण गरेका छौं,’ उनले भने, ‘झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारमाथि निगरानी राख्न गाह्रो हुने गरेको थियो ।’

मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गतवर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । रासस

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा