Aagan-cakes-web-banner-2
news

शरदको बिहे प्रस्ताव स्विकारिन् गायिका इन्दिरा जोशीले, हेलिकप्टरमा खुम्बु पुगेर गरे इन्गेजमेन्ट

Indira Joshi
September 24, 10:26

गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका इन्दिरा जोशीले आफ्नो हातमा लगाएको औँठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता.... अन्तिम श्वाससम्म हामी सँगै हुनेछौँ।’ 

 

त्यस बेला गायिका इन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी इन्दिराका फ्यान र शुभचिन्तकहरूको खुल्दुली बढाएको थियो। 

 

अब त्यो खुल्दुलीको समय सकिएको छ। गायिका इन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिरालाई औँठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेका छन् । 

उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औँठी लगाउँदै गरेको देख्न सकिन्छ। 

 

टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्ज्वल भविष्यको कामना दिएका छन्।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कविता : दशैँ
हरेक वर्ष आउँछ दशैँ उहि मिती, उहि तिथीमा उस्तै महिना, उस्तै महिमा बोकेर आउन त आउँछ हरेक वर्ष… विस्तृतमा
""स्वाभिमान बनौँ""
हिमाल हाँस्दै नव कान्ति छाओस् । कैलाश बाट अब शान्ति आओस् ।। सद्भावको आँगन भित्र हाँस्ने । इच्छा… विस्तृतमा
को बन्ला च्याम्पियन ?
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै… विस्तृतमा
डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 
धनगढी –  कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।… विस्तृतमा