काठमाडौंका सुकेधारा र अनामनगरमा बम विस्फोट, ३ जनाको मृत्यु

Bam Bispot
Bam Bispot
May 26, 6:19

काठमाडौँ — काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो। अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो।

घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

स्थानीयका अनुसार ठूलो आवाजको विस्फोटका कारणनजिकैका घरका सिसासमेत फुटेको छ।
कान्तिपुरबाट 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा