आईपीएल क्रिकेटमा बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

sasas
sasas
September 25, 11:29

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ ।

यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा