डोटी शिखर नगर कार्यसमितिको २१ गते कार्यालय स्थापना हुने

news
news
October 04, 9:48

डोटी - नेपाली काँग्रेस शिखर नगरपालिकाले विभिन्न निर्णय गर्दै आइतवार पहिलो पूर्ण वैठक गरेको छ । यहि असोज एक्काइस गते नगर कार्यसमितिको कार्यालय स्थापना तथा उद्घाटन र सोही दिन दशै तिहारको सुभकामना आदानप्रदान कार्यक्रम राख्ने निर्णय गरेको नेपाली काँग्रेस शिखर नगर कार्यसमितिका सचिव अर्जुन कुमार वलायरले वताए । त्यसैगरी वैठकले समितिको कोषाध्यक्षमा हिरा देवी नाथलाई मनोनयन गरेको छ । उनी शिखर नगरपालिका वडा नं दशवाट प्रतिनिध्वत्व गर्दछिन । त्यसैगरी शिखर नगरपालिकाका सवै वडावाट प्रतिनिधित्व हुनेगरी ब्राह सदस्यीय कार्यसम्पादन कार्यदल गठन गरेको छ । समितिको वैठकले पार्टीको आचार संहिता पालना गर्ने उदेश्यले एक कार्यदल गठन गरेको छ । त्यसैगरी वैठकले कार्यसमितिका सभापती हर्कबहादुर वोगटीको संयोजकत्वमा भवन निर्माण कार्यदल समेत गठन गरेको सचिव वलायरले वताए । त्यसैगरी काँग्रेसका क्षेत्रिय प्रतिनिधि, जनप्रतिनिधि, वडा सभापती, नगरका सम्पूर्ण कार्यसमिति संग मासिक लेविको समेत निर्णय भएको छ । वैठकमा नेपाली काँग्रेसका क्षेत्रिय सभापती एवं शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले नेपाली काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार र वफादार वन्न सक्नु पर्ने वताए । देशमा कम्युनिष्टको वारेमा सवैले थाह पाइसकेको वताउदै सभापती जोशीले भने,- ' काँग्रेसले कुनै पनि ठाउमा कमि कमजोरि नगरी पार्टीका हरेक तहका संगठन विस्तारमा लाग्नु पर्दछ ।' नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एक जुट भएर पार्टीको हरेक अभियानमा लागेमा कसैले नेपाली काँग्रेसलाई जित्न नसक्ने उनले वताए । त्यसैगरी नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य टीका फुलाराले नेपाली काँग्रेसका हरेक कार्यकर्ता क्षमतावान रहेको वताउदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल पार्ने वताए । वैठकमा नेपाल महिला संघ क्षेत्रिय सभापती एवं शिखर नगरपालिका डोटीका उप प्रमुख धौली देवी रावलले पार्टीका कार्यकर्ता आ आफ्नो ठाउमा निरन्तर लागिरहे अवको स्थानिय चुवमा नगरपालिका भरी काँग्रेसको पुरै वडामा उदय हुने वताइन । वैठक नेपाली काँग्रेस शिखर नगरपालिका डोटीका सभापती हर्कबहादुर वोगटीको सभापतित्वमा वसेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा