लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

news
news
October 05, 2:21

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

१४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए ।

एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा