नेकपा (एस) काे चुनाव चिन्ह फेरियो, ‘कलम’ रहने

news
news
October 07, 9:18

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ । स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा