बैतडीमा स्वास्थ्यकर्मी माथि हातपात

news
news
October 08, 3:29

बैतडी, २२ असोज । जिल्लाको पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्य चौकीका दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी–१ कुडीखेतका सुरेन्द्रबहादुर धनुसेले बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।

मदिरा सेवन गरी आएका सुरेन्द्रले कार्यालयमै रहेका स्वास्थ्यकर्मीमाथि गालीगलौच र हातपात गरेको स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।

उनले कोरोना खोप नलगाएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौच गरेको पीडितले बताएका छन्। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए।

स्वास्थ्य चौकीका इन्चार्ज धामीलगायत चारजनाले सुरेन्द्रविरुद्ध प्रहरी चौकी पुरघाट उजुरी दिएका छन्। प्रहरी चौकीका प्रहरी निरीक्षक निराजन सुनारले उजुरी दर्ता भएको जानकारी दिए। हातपात र गालीगलौच गर्ने सुरेन्द्र फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा