रेसम चौधरी जेलभित्रै बिरामी, राजपा छोड्ने मनस्थितिमा
काठमाडौँ - टीकापुर घटनामा संलग्न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेसम चौधरी जेलभित्रै बिरामी परेका छन्।
चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार बिरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।
करिब एक सातादेखि जेलभित्रै बिरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरूलाई फोन गर्दै आएका छन्।
उनका भाइ मिठुलाल चौधरी आफ्नो सामाजिक सञ्जालमा राजपाका नेताहरू पनि रेशमलाई भेट्न आउन छोडेको आशय सहितको पोस्ट गरेका छन्:-माननीय रेसम चौधरीको डिल्लीबजार सदरखोरमा सिकिस्त बिरामी छन् बोल्नपनी गार्हो भएको अवस्था छ । ज्यान मुद्दा लागेपछि राजपा अध्यक्ष मण्डलका अध्यक्षहरू एक पटक पनि भेट गर्न के विगत ४ दिन देखि कारागारबाट जानकारी गराउँदा पनि भेट गर्न आएनन् । ल भन्नुस् पार्टी कत्तिको उत्तरदायी छ ?? यस्तो अवस्थामा अब के गर्ने ??