विवादै विवादमा अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा

news
news
October 10, 4:05

धनगढी, २४ असोज ।सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) २२ औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ । केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ ।

निवर्तमान महासचिव जोशीको नेतृत्वमा धनगढीमा भएको राष्ट्रिय सम्मेलनले महेशराज जोशीको अध्यक्षतामा उमेश कँडेल महासचिव रहेको ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ भने उता निवर्तमान अध्यक्ष पोख्रेलको नेतृत्वको बुटवलको सम्मेलनले देवेन्द्र कुँवरको अध्यक्षतामा सुवाश जिसी महासचिव रहेको ३५ सदस्यीय समिति चयन गरेको बताइएको छ । अखिल छैठौँ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष जोशीले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेका थिए । ‘हामीले २३ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १ सय २ जना प्रतिनिधिको उपस्थितिमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन ग¥यौँ,’ अध्यक्ष जोशीले भने,‘देशभरका साथीहरुको उपस्थितिमा धनगढीमा गरिएको २२ औँ सम्मेलन नै आधिकारिक हो । हाम्रोमा अध्यक्ष पोख्रेल उपस्थित हुनुभएन ।’

यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताउँदै जोशीले भने,‘अध्यक्ष पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिई स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर सम्मेलनमा अवैधानिक व्यक्तिहरुलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौँ ।’

उता बुटवलमा अहिले अखिल छैठौँको राष्ट्रिय सम्मेलन भइरहेको निवर्तमान अध्यक्ष पोख्रेलले बताए । उनले भने,‘बुटवलमा २२ औँ राष्ट्रिय सम्मेलन भइरहेको छ । पदाधिकारी पनि चयन भइसकेका छन्, घोषणा गर्न मात्रै बाँकी छ । तर, धनगढीमा के भएको छ त्यो थाहा भएन, हाम्रो महासचिव बुटवलको कार्यक्रममा अनुउपस्थित हुनुहुन्छ ।’

धनगढीमा भएको २२ औँ राष्ट्रिय सम्मेलनमा जोशीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा मनोज शर्मा (बाग्लुङ), महासचिव उमेश कँडेल (कैलाली), सचिव आशिष जबेगु (इलाम), कोषाध्यक्ष प्रतिभा शर्मा (काठमाडौं), सचिवालय सदस्यहरुमा शिव चालिसे (बाग्लुङ¬), महेश भट्ट (कञ्चनपुर), हेमविक्रम चन्द (डोटी), एकेन्द्र कँडेल (कैलाली), सुमन भण्डारी (रुपन्देही), समर शाही (भक्तपुर) र सदस्यहरुमा नरेश झुकाल (डडेल्धुरा), कपिल जोशी (चितवन), संसार कार्की (बाँके), प्रेमप्रसाद भुषाल (प्यूठान), आरती न्यौपाने (सुर्खेत), रोशनी चौधरी –कपिलवस्तु), मिलन लम्साल (काठमाडौं), पुष्कर भट्ट (कञ्चनपुर), बिराट चन्द (बाँके), जनक आचार्य (कैलाली), महेश बिक (ललितपुर), प्रकाश जोशी (बैतडी), लोकराज अवस्थी (डोटी), सनकुमार राई (झापा), निरज थापा (बारा), सरिता सुवेदी (सुनसरी), जिवी कुँवर (अर्घाखाँची) र गणेश चन्द (काठमाडौं) लाई चयन गरिएको छ भने बाँकी दुई जनालाई पछि मनोनित गरिने अध्यक्ष जोशीले बताए । यस्तै सोही समितिको सल्लाहकारमा सागर कुँवर (काँस्की) र दिवश पौडेल (काठमाडौ) लाई चयन गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा