रंगशालामा डोजर लगाउने प्रकाश कँडेल पक्राउ

Gautam Buddha
Gautam Buddha
May 30, 11:45

भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११(१२ बजेतिर पक्राउ परेका हुन् । यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरू गरेको यो रंगशाला गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो।बुधबार धुर्मस सुन्तली फाउ ण्डेशनले क्रिकेट रंगशाला बनाउनका लागि लगाएको बार भत्काउन आएकाहरुले फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका थिए।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जाली, त्यस वरपरका रुखहरू ढलाएका एवं ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालयका कर्मचारीहरुले खिचेको फोटोलाई पनि डिलिट गर्न धम्की दिएकोसमेत बताइएको छ । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परिसकेका थिए । कँडेलको खोजि भइरहेको अवस्थामा उनी हिजो राति नै पक्राउ परको हुन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा