पार्टीलाई फुटतर्फ लगे भन्नेहरूलाई सभापति शाहको जवाफ ‘हामी पद र गुट हैन पार्टी जोगाउन कटिबद्ध छौँ’

Congress Final
Congress Final
October 11, 7:11

धनगढी - 

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले पार्टीकै हितमा काम गरिरहेको बताएका छन् । केही अग्रज नेताहरूले अहिले पार्टी सभापति शाहले पार्टीलाई फुटतर्फ लग्ने गरी काम गरिरहेको आरोप लगाएपछि सो प्रतिक्रिया दिएका हुन । उनले आफ्ना तीन पुस्ताले पार्टी सङ्गठनलाई बालियो बनाउने भूमिका खेलेको देख्दा देख्दै पनि पार्टीलाई फुटतर्फ लग्न खोज्दै छन् भन्नु गलत तर्क भएको दाबी गर्दै आफूले कुनै गुट र आफ्नो पद जोगाउन भन्दा सिङ्गो पार्टी जोगाउन आफू लागिपरेको बताए । ‘मेरो बाजे, बुवा काँग्रेसको जिल्ला सभापति भएर पार्टीभित्रै योगदान दिए । पार्टीभित्र सबैभन्दा युवावस्थामै म पनि जिल्ला सभापति बने’ सोमबार कैलालीको गौरिगंगा स्थित एक समारोहलाई सम्बोधन गर्दै उनले भने –‘अहिले केही अग्रज नेताहरूले मैले पार्टीलाई फुटतर्फ लगेको भन्ने आरोप लगाएको सुनेको छु । मेरो बाजे, बुवा र मेरो नामलाई कायम गर्न पनि मैले पार्टीको अहित गर्नुहुँदैन र गरेको पनि छैन ।’

सभापति शाहले पार्टीको महाधिवेशन नजिकिएसँगै पार्टीभित्र गुट–उपगुटको नारा लगाई कार्यकर्ता फुटाउने प्रयास भएको बताए । ‘यो वडा बनाउने मानिस तपाईँहरू नै हो । यहाँ बाहिरिया मानिस आएर तपाईँका लागि काम गर्ने होइनन् । यदि तपाईँहरू बाहिरिया हस्तक्षेप यहाँ निम्त्याउनुहुन्छ । अरूको कुरा सुनेर काम गर्नुहुन्छ भने यो सङ्गठनलाई हानी पुर्‍याउँछ’ उनले भने – ‘हजुरहरूको आफ्नो विवेकले के भन्छ । निर्णय गर्नुहोस् । केन्द्रको झगडा यहाँ ल्याउनु हुन्न । यसले पार्टीलाई प्रदेश, स्थानीय तह र सङ्घीय निर्वाचनमा असर पुर्‍याउँछ । हामीले पार्टी बलियो बनाउनु छ र हरेक तहमा पार्टीकै नेतृत्व चाहनुहुन्छ भने गुट–उपगुट नभनी सबै तहको सम्मानजनक प्रतिनिधित्व सङ्गठनमा ल्याउनुहोस् ।’

उनले सबै वर्ग, समुदायलाई सङ्गठनमा ल्याउन सबैलाई आग्रह गरे । उनले जिल्लामा पार्टीभित्र नयाँ अभ्यास सुरु गरेको बताए । ‘हामी हरेक वडा, नगर र जिल्लामा गुट उपगुट नभई सर्वसम्मत ढङ्गले योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भनिरहेका छौँ । हामीले केन्द्रको झगडा चाहँदैनौँ’ उनले भने –‘गुटबन्दी र विचारका कुरा महाधिवेशन प्रतिनिधि चयन गर्दा लागु हुन्छ । तल्लो तहमा यो हुँदैन । हामीले अहिले सबै गुटका साथीहरूलाई लिएर अघि बढेका छौँ ।’ उनले सिङ्गो जिल्ला कमिटी नै एक ढिक्का रहेको पनि दाबी गरे । उनका अनुसार अहिले सो अभियानमा पाँच वटा क्षेत्रीय सभापतिमध्ये चार जना, दश वटा सभापतिमध्ये आठ, १३ वटा स्थानीय तहका सभापतिमध्ये दश र एक सय २६ वडा सभापतिमध्ये ८२ जना सो अभियानमा सहभागी रहेका छन् ।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा