कैलालीमा विङ्गर दुर्घटना : घाइते १५ जनाको पहिचान खुल्यो

news
news
October 12, 3:06

धनगढी : कैलालीमा विङ्गर दुर्घटना हुँदा घाइते भएका १५ जनाको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गअन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विङ्गरमा सबार १४ र एकजना मोटरसाइकल चालक गरी १५ जना घाइते भएका थिए। 

मोटरसाइकल चालक धनगढी वडा नम्बर १७ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। टीकापुरका ३५ वर्षीय रमेश चौधरी, २६ वर्षीय शौरव चौधरी, २८ वर्षीय अमिर चौधरी, बर्दगोरिया गाउँपालिकाका २३ वर्षीया सुष्मा साँउद, बाँके कोहलपुरका ३६ वर्षीय महेशबहादुर चन्द, सोही ठाउँकी ३५ वर्षीय सन्जु केसी चन्द, समिर चन्द र कञ्चनपुरको लालझाडी गाउँपालिका ५ बस्ने १८ वर्षीय दिपेश बिष्ट घाइते भएका छन्। 

यस्तै विङ्गर शाहु कैलालीको गोदावरी नगरपालिका चौकीडाँडा बस्ने ३२ वर्षीय केशब राज भण्डारी, धनगढी ७ बस्ने २४ वर्षीया सरस्वती चौधरी, लम्कीचुहा नगरपालिका ७ बस्ने ३० वर्षीय अजय पाण्डेय, अनुषा पाण्डेय, कञ्चनपुरको कृष्णपुर नगपालिका ६ बस्ने ३४ वर्षीय दीपक सुनार र कैलालीको गोदावरी नगरपालिका १० बस्ने २३ वर्षीय नरेन्द्र साँउद पनि घाइते भएका छन्। 

घाइतेलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र विङ्गर चालक गोदावरी नगरपालिका १० ओलानी बस्ने २७ वर्षीय नविनराज पाण्डेयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायब निरीक्षक विरबहादुर बोहराले दिनेशखबरलाई जानकारी दिए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा