विदामा पनि सक्रिय मन्त्री

news
news
October 12, 3:20

धनगढी,२६ असोज । आज फूलपाती । सरकारी कार्यालयहरु सबै सुनसान छन । तर, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोभिड संक्रमितको उपचारमा सहजता ल्याउन सक्रिय रहेको छ ।

मंगलबार विहान मन्त्रालयकी मन्त्री पूर्णा जोशीकोमा फोन बज्यो । उनले फोन उठाउँदा कैलाली जिल्ला अदालतमा कार्यरत कोभिडबाट प्रभावित बझाङकी ३५ वर्षिय महिलाको उद्दारका लागि आफन्तले आग्रह गरे ।

मन्त्री जोशीले फोन उठाएपछि २२ गतेदेखि भर्ना भएकी उनको अवस्था जटिल भएको गुनासो आयो । मन्त्री जोशी कोभिड जोखिम नियन्त्रण तथा व्यवस्थापन समितिकी संयोजक हुन ।

अहिले विदा छ । त्यसैले मैलेनै विमानसंग कुराकानी गरी संक्रमितलाई धनगढीदेखि काठमाडौं पठाएको छु ।’ मन्त्री जोशीले महामारी र विपदको समयमा जनताको सहयोगका लागि सक्रिय रहेको बताइन । उनले भनिन –‘दशैंतिहारभन्दा पनि आम नागरिकको सेवा र उद्दारका लागि मन्त्रालय सक्रिय रहेको छ ।’

महिलाको उद्दार

बझाङको बुंगलकी ३५ वर्षिय महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । कोभिड संक्रमणबाट जटिल बन्दै गएकी उनको मंगलबार हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

कोभिड १९ जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषबाट महिलाको श्री एयरलाईन्सबाट उद्दार गरिएको मन्त्री जोशीले बताइन 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा