बैतडीका अध्यक्ष पालका छोराको ट्याक्टर दुर्घटनामा मृत्यु

news
news
October 13, 10:01

धनगढी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो। मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्।

आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए। यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए । दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा